कांग्रेस महाधिवेशन :

उपसभापतिमा चन्द्र भण्डारी, महामन्त्रीमा प्रदीप पौडेल अगाडि

उपसभापति समावेशीतर्फ विनोद चौधरी अघि


२०८३ असोज २४ शनिबार २३:४७ बजे

काठमाडौं :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ । पछिल्लो गणनाअनुसार उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले ७२ मत प्राप्त गरेका छन् । गोविन्द भट्टराईले ५४, इन्जिनियर मधु आचार्यले ५२ र सुरेन्द्रराज पाण्डेले ४१ मत पाएका छन् ।

उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ४७ र जीवन परियारले ४२ मत प्राप्त गरेका छन् । सीता गुरुङले २१, फरमुल्लाह मन्सुरले १७ र रञ्जित कर्णले ८ मत पाएका छन् ।

महामन्त्री (खुला) तर्फ प्रदीप पौडेल ९८ मतसहित अगाडि छन् । अमरसिंह पुन मगरले ५१, उदयशमशेर राणाले ४५, डा. सुनिलकुमार शर्माले ३१, गुरुराज घिमिरेले २४, नैनसिंह महरले १९, डा. सन्तोष उपाध्यायले ६ र शंकर तिवारीले २ मत पाएका छन् ।

महामन्त्री (महिला) तर्फ महालक्ष्मी उपाध्याय (डिना) ले ७० मत प्राप्त गरेकी छन् । डा. डिला संग्रौला (पन्त) ले ६१ र रीता खनालले १७ मत पाएकी छन् ।

मतगणनाको पछिल्लो विवरणअनुसार चारवटै समूहमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा जारी छ । मतगणना सम्पन्न भएपछि मात्रै अन्तिम परिणाम सार्वजनिक हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७