ममता बनर्जी नयाँ दिल्लीबाट पक्राउ
जन्तरमन्तर जान खोज्दा प्रहरीको अवरोध
नयाँदिल्ली : पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी) की प्रमुख ममता बनर्जीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ ।
टीएमसीका प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जाल एक्समार्फत बनर्जीसहित पाँच जनालाई दिल्ली प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) ले नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
गोखलेका अनुसार उनीहरूलाई मुख्यमन्त्री निवासबाहिरबाट नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखिएको थियो । त्यसपछि उनीहरूलाई अज्ञात स्थानतर्फ लगिएको उनले बताएका छन् । घटनाप्रति प्रतिक्रिया दिँदै गोखलेले भारतमा लोकतन्त्रको मृत्यु भएको टिप्पणी गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार बनर्जीसहित टीएमसीका अन्य नेताहरूले दिल्लीको साउथ एभिन्यूस्थित बस बिसौनीमा धर्ना दिएका थिए । धर्नापछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिनुअघि बनर्जीले आफूहरू जन्तरमन्तर जान चाहेको तर प्रहरीले रोकेको बताएकी थिइन् । उनले भारतको वर्तमान अवस्थालाई आपत्कालीन अवस्थाभन्दा पनि खराब भएको टिप्पणी गरेकी छन् ।
.gif)

.png)


