एमालेमा १३ नयाँ केन्द्रीय सदस्य थपिए
काठमाडौं : नेकपा (एमाले) ले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।
मनोनित हुनेमा तेजेन्द्र केसी, मीनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङ्वा, टंक आङबुहाङ, नवीन रोका मगर र डबल पाण्डे छन् ।
मनोनित केन्द्रीय सदस्यहरूको सूची :
१. तेजेन्द्र केसी
२. मीनप्रसाद गुरुङ
३. सिर्जना राई
४. पुष्पा केसी भण्डारी
५. सावित्रा अर्याल
६. इन्दु कडरिया
७. सीता पंगेनी
८. सीता अधिकारी
९. धर्मनाथप्रसाद साह
१०. तेजमान कन्दङ्वा
११. टंक आङबुहाङ
१२. नवीन रोका मगर
१३. डबल पाण्डे
.gif)

.png)


