उपसभापतिमा भण्डारी, महामन्त्रीमा पौडेल र समावेशी उपसभापतिमा विनोद चौधरीको अग्रता


२०८३ असोज २५ आइतबार २०:१६ बजे

काठमाडौं :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला उपसभापतितर्फ चन्द्रकान्त भण्डारी र महामन्त्रीतर्फ प्रदीप पौडेलले अग्रता बढाउँदै लगेका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबार साँझ ७ बजेसम्म ४ हजार ६०० मत गणना भएको छ ।

खुला उपसभापतिमा भण्डारीले २ हजार ३४३ मत पाउँदा दोस्रो स्थानमा रहेका मधु आचार्यले १ हजार ४४१ मत पाएका छन् । खुला उपसभापतिका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार २१९, सुरेन्द्रराज पाण्डेले १ हजार १५०, धनराज गुरुङले १ हजार ५३, दीपक गिरीले ६३८ र चन्द्रमोहन यादवले ३८७ मत पाएका छन् । खुलातर्फ दुई जना उपसभापति निर्वाचित हुनेछन् ।

समावेशी उपसभापतिमा विनोद चौधरी १ हजार १४५ मतसहित अगाडि छन् । जीवन परियारले १ हजार १०७, सीता गुरुङले ७४९, फरमुल्लाह मंसुरले ६३७ र रञ्जित कर्णले ३५२ मत पाएका छन् ।

महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेलले २ हजार ६५७ मतसहित अग्रता लिएका छन् । उदयशमशेर राणाले १ हजार ४९१ र सुनिलकुमार शर्माले १ हजार ३८७ मत पाएका छन् । त्यस्तै, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८, शंकर तिवारीले ८८ र सन्तोष उपाध्यायले ७२ मत पाएका छन् ।

महिला महामन्त्रीतर्फ डिला संग्रौला पन्तले २ हजार ३७ मत पाएकी छन् । महालक्ष्मी उपाध्याय डिनाले १ हजार ८३८ र रीता खनालले ४६६ मत पाएकी छन् । महाधिवेशनमा कुल ७ हजार २९ मत खसेको थियो । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७