प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड
बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषका विभिन्न खातामा आजसम्म १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ मौज्दात रहेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौवटा वाणिज्य बैंकमा रहेका खातामा १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ जम्मा भएको छ ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ९७ लाख २९ हजार ९७२ डलर मौज्दात छ । सरकारले यसअघि उक्त कोषबाट बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
.gif)

.png)


