आजदेखि नबिल बैंकमा नयाँ नोट साटिने


२०८३ असोज २७ मंगलबार ०९:१८ बजे
फाइल फोटो

काठमाडौं : नबिल बैंकले बडादसैँ २०८३ को अवसरमा सर्वसाधारणलाई नयाँ तथा सुकिला नोट सटही सुविधा उपलब्ध गराउने भएको छ।

बैंकले असोज २७ देखि २९ गतेसम्म तीन दिन पाँचवटा शाखाबाट नोट सटही गर्ने व्यवस्था मिलाएको हो।

काठमाडौंका कान्तिपथ, बल्खु र वनस्थली शाखाबाट नयाँ तथा सुकिला नोट साट्न सकिने बैंकले जनाएको छ। त्यस्तै, ललितपुरको च्यासल र भक्तपुरको दुवाकोट शाखाबाट पनि यो सुविधा उपलब्ध हुनेछ।

नोट सटही सेवा तोकिएका शाखामा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुने बैंकले जनाएको छ। 

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकमार्फत नयाँ तथा सुकिला नोट वितरण गर्ने व्यवस्थाअन्तर्गत नबिल बैंकले यस्तो सुविधा दिन लागेको हो।

बडादसैँमा टीका लगाउँदा दक्षिणा दिन तथा अन्य धार्मिक र सांस्कृतिक परम्परामा साना दरका नोटको प्रयोग बढी हुने गर्छ। 

यही आवश्यकतालाई ध्यानमा राख्दै बैंकले सर्वसाधारणको सहजताका लागि नोट सटहीको व्यवस्था गरेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७