नबिल बैंकलाई भिसा इन्टरनेसनलका दुई विधामा अवार्ड
काठमाडौं : नबिल बैंकले भिसा इन्टरनेसनलबाट प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्युइङ’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड प्राप्त गरेको हो ।
काठमाडौंस्थित मेरियट होटलमा आयोजित भिसा लिडरसिप कन्क्लेभमा बैंकका प्रतिनिधिले उक्त अवार्ड ग्रहण गरेका हुन् । नबिल बैंकले यसअघि पनि यी विधामा अवार्ड प्राप्त गर्दै आएको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अवार्डले ग्राहकको सुविधा र सहजतालाई केन्द्रमा राख्दै निरन्तर नवीनता तथा प्रविधिमा आधारित सेवा विस्तार गर्न थप ऊर्जा दिएको बताए । उनले अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रतिको प्रतिबद्धतालाई थप प्रेरित गरेको उल्लेख गरे ।

भिसा इन्टरनेसनल कार्ड तथा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो । नेपालमा उसले हरेक वर्ष आयोजना गर्दै आएको भिसा लिडरसिप कन्क्लेभमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा योगदान पुर्याउने बैंक तथा वित्तीय संस्थालाई सम्मान गर्दै आएको छ ।
नबिल बैंकले चार दशकभन्दा लामो बैंकिङ यात्रामा नवीन सेवा र प्रविधिमार्फत बैंकिङलाई सहज, आधुनिक तथा पहुँचयोग्य बनाउँदै आएको जनाएको छ ।
‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अघि बढाउँदै बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माणमा जोड दिँदै आएको छ ।
बैंकले देशभरका २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
.gif)

.png)




