एनपीएलका व्यक्तिगत अवार्ड : रिजन, दीपेन्द्र र लोकेश चम्किए
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले उपाधि रक्षा गरेको हो ।
उपाधि जितेको सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ हात पारेको छ ।
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिएको छ । चितवनका रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै कार पुरस्कार प्राप्त गरेका छन् । उनी उत्कृष्ट बलरसमेत बनेका छन् र मोटरसाइकल पुरस्कार जितेका छन् ।
सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिमका जर्ज मुन्सी प्लेयर अफ द फाइनल बनेका छन् ।
पोखराका युवराज सिंह साम्रा सिल्भर क्याप अवार्ड विजेता बनेका छन् भने जनकपुरका राहुल यादव इमर्जिङ प्लेयर अफ द इयर घोषित भएका छन् ।
त्यस्तै, उत्कृष्ट नेपाली ब्याटरको अवार्ड लोकेश बमले प्राप्त गरेका छन् । उनले मोटरसाइकल पुरस्कार जितेका छन् । चितवनका कमिल मिश्रा एनर्जेटिक प्लेयर घोषित भएका छन् ।
.gif)

.png)




