एनपीएल फाइनलको टिकटबारे क्यानको प्रष्टीकरण : टिकट खुलेको केही मिनेटमै सकियो

एकैपटक २ लाखले गरे प्रयास


२०८३ मङ्सिर ४ शुक्रबार १७:१४ बजे

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका छन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले टिकट खरिदका लागि एकैपटक करिब २ लाख प्रयोगकर्ताले प्रयास गरेको बताएको छ । 

शनिबार हुने फाइनल खेलका लागि टिकट बिक्री खुला गरेपछि ठूलो संख्यामा समर्थकले एकैपटक टिकट किन्न खोजेका थिए । तर, त्रिवि क्रिकेट मैदानको सीमित क्षमताका कारण उपलब्ध टिकट केही मिनेटमै बिक्री भएको क्यानले जनाएको छ ।

टिकट खरिद गर्न नपाएका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत प्रतियोगितालाई सहयोग गर्न पनि क्यानले आग्रह गरेको छ ।

यसअघि टिकट बिक्री खुल्ने समयअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएको भन्दै समर्थकले असन्तुष्टि जनाएका थिए । टिकट नपाएपछि केही समर्थक त्रिवि क्रिकेट मैदानमा भेला भएर क्यानसँग टिकट बिक्रीको विवरण सार्वजनिक गर्न माग गरेका थिए ।

एनपीएलको तेस्रो संस्करणको उपाधिका लागि शनिबार गत सिजनका दुई फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७