पाकिस्तानद्वारा बाढी प्रभावित नेपाललाई १०० टन राहत सामग्री हस्तान्तरण


२०८३ भदौ २३ मंगलबार २३:२४ बजे

काठमाडाैं : पाकिस्तानले विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकको सहयोगका लागि १०० टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ।

राहत सामग्रीमा टेन्ट, कम्बल, म्याट, सरसफाइसम्बन्धी सामग्री तथा औषधि लगायतका सामग्री छन्। उक्त राहत सामग्री आज काठमाडौं आइपुगेको हो।

नेपालका लागि पाकिस्तानी राजदूत हिज एक्सिलेन्सी आमिर खानले राहत सामग्री विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई हस्तान्तरण गरे। सो अवसरमा उनले विपद्को यस कठिन घडीमा पाकिस्तान सरकार र पाकिस्तानी जनताको तर्फबाट नेपालप्रति निरन्तर सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरे।

राजदूत आमिर खानले नेपाली जनताप्रतिको पाकिस्तानको समर्थन निरन्तर रहने बताउँदै नेपाल सरकार तथा नेपाली जनताप्रति ऐक्यबद्धता दोहोर्‍याए।

पाकिस्तानले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति सहानुभूति प्रकट गरेको छ। साथै, नेपाललाई आवश्यक पर्ने सम्भव भएसम्मका सबै सहयोग उपलब्ध गराउन पाकिस्तान तयार रहेको जनाएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७