रसुवाको बाढीपहिरोप्रति पाकिस्तानका राष्ट्रपतिद्वारा दुःख व्यक्त


२०८३ भदौ १६ मंगलबार १९:४२ बजे

इस्लामाबाद :  पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीको निर्देशनमा पूर्व सिनेट अध्यक्ष सैयद नय्यर हुसेन बोखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलांगीले इस्लामाबादस्थित नेपाली दूतावास पुगेर नेपालमा भएको बाढीपहिरो तथा हिमताल विस्फोटबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन्।

चीन–नेपाल सीमाक्षेत्रमा हिमनदी फुट्नु तथा त्यसपछि गएको पहिरो र बाढीका कारण गत साता नेपालमा ठूलो जनधनको क्षति भएको घटनाप्रति पाकिस्तानका राष्ट्रपति तथा पाकिस्तानी जनताको तर्फबाट दुःख व्यक्त गर्न उनीहरू नेपाली दूतावास पुगेका हुन्।

पाकिस्तानका प्रतिनिधिद्वयलाई नेपालका लागि पाकिस्तानस्थित नेपाली राजदूत रीता धितालले स्वागत गरेकी थिइन्। उनले कठिन परिस्थितिमा नेपालप्रति पाकिस्तान सरकार र जनताले देखाएको ऐक्यबद्धता तथा सहयोगप्रति आभार व्यक्त गरिन्।

पूर्व सिनेट अध्यक्ष बोखारी र राष्ट्रपतिका प्रवक्ता सोलांगीले नेपाली दूतावासको आगन्तुक पुस्तिकामा समेत समवेदना तथा ऐक्यबद्धताको सन्देश लेखेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७