२१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ उपसचिवको सरुवा (सूचीसहित)


२०८३ असोज ५ सोमबार २१:४६ बजे
फाइल फोटो

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ जना उपसचिव तथा सोसरहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

मन्त्रालयले असोज ५ गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह, जिल्ला समन्वय समिति तथा अन्य सरकारी निकायमा कार्यरत उपसचिव तथा सोसरहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो। निर्णयअनुसार विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी परिवर्तन गरिएको छ। साथै, मन्त्रालय तथा अन्य सरकारी निकायमा कार्यरत केही उपसचिवलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ।

त्यसैगरी केही कर्मचारीलाई संघीय मन्त्रालय तथा मातहतका निकायमा सरुवा गरिएको छ भने विभिन्न जिल्ला समन्वय समितिमा कार्यरत जिल्ला समन्वय अधिकारीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय प्रशासनिक आवश्यकता र जिम्मेवारीअनुसार गरेको जनाएको छ।

हेर्नूहोस् पूरा विवरण :

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७