त्रिशूली–३ एमा दुई जनाको उद्धार गर्ने जेसीबी ग्राहक सम्मानित
काठमाडौं : जेसीबी इन्डियाले नेपालमा आएको बाढीका क्रममा उद्धार कार्यमा योगदान पुर्याएका आफ्ना दुई नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई सम्मान गरेको छ। भारतमा आयोजित ‘बाउमा कोनएक्सपो इन्डिया २०२६’ अन्तर्गत जेसीबी प्याभिलियनमा आयोजित कार्यक्रममा जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले राउत र अधिकारीलाई सम्मान गरेका हुन्।
राउत र अधिकारीले जेसीबी २२१ ट्र्याक्ड एक्स्काभेटरसहित अन्य मेसिन प्रयोग गरेर त्रिशूली–३ ए क्षेत्रमा केही दिन उद्धार कार्यमा खटिएका थिए। उनीहरूको प्रयासबाट बाढीका कारण फसेका दुई जनालाई जीवितै उद्धार गर्न सफल भएको कम्पनीले जनाएको छ। जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत शेट्टीले नेपालमा आएको विपत्तिका बीच राउत र अधिकारीले गरेको उद्धार कार्यलाई आशा जगाउने उदाहरणका रूपमा उल्लेख गर्दै उनीहरूको साहस र योगदानको प्रशंसा गरे।
यसैबीच, नेपालमा जेसीबीको अधिकृत बिक्रेता एमएडब्ल्यू अर्थमुभर्सले नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनर्निर्माणमा प्रयोग भइरहेका जेसीबी मेसिनका लागि निःशुल्क विशेष सर्भिस क्याम्प सञ्चालन गरिरहेको जनाएको छ। कम्पनीका अनुसार ‘जेसीबी वाउ सर्भिस’ सवारीमार्फत सञ्चालन भइरहेको उक्त अभियानमा जोखिमपूर्ण अवस्थामा उद्धार तथा पुनर्निर्माणमा खटिएका मेसिनका चालकलाई सुरक्षा सामग्रीसमेत वितरण गरिएको छ।
.gif)

.png)
