नेपाली सेनाका चार उच्च अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


२०८३ असोज ६ मंगलबार १७:३३ बजे
तस्बिरः नेपाली सेना

काठमाडौं : नेपाली सेनाका चार उच्च सैनिक अधिकृतले नयाँ दर्जा पाएका छन्।  उपरथीमा बढुवा भएका सोबेन्द्र सिंह महत र प्रकाश थापालाई प्रधान सेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

यसैगरी  सहायकरथी दर्जा पाएका मदन जङ्ग राणा र प्राविधिकतर्फका भरतलाल श्रेष्ठले पनि दर्ज्यानी चिह्न लगाएका छन्। उनीहरूलाई पनि मंगलबार जङ्गी अड्डामा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले महत र थापालाई उपरथी तथा राणा र श्रेष्ठलाई सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। समारोहमा नेपाली सेनाका रथीवृन्द तथा उच्च सैनिक अधिकृतहरूको उपस्थिति थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७