कम्युनिस्ट घटकसँग एकता गर्न वार्ता समिति गठन
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले विभिन्न कम्युनिस्ट घटकबीच एकताका लागि पहल गर्न समिति गठन गरेको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले कम्युनिस्ट घटकहरूसँग एकताका लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको हो।
देव गुरुङको संयोजकत्वमा गठित वार्ता टोलीको सदस्यमा प्रवक्ता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेका छन्। मुलुक गम्भीर संकटमा रहेको भन्दै वामपन्थी शक्तिहरुबीच एकता आवश्यक रहेको संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताउँदै आएका छन।
.gif)

.png)
