सिन्धुपाल्चोकमा जेसीबी दुर्घटना हुँदा सहचालकको मृत्यु


२०७८ फाल्गुण २० शुक्रबार १२:४७ बजे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा सडक निर्माणका क्रममा जेसीबी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१२ खहरे केराबारी छापमा बा २ क ६६१८ नम्बरको जेसीबी दुर्घटना भएको हो ।

दुर्घटनामा सहचालक महोत्तरीको बर्दिवासका १८ वर्षीय रोहित आले मगरको घटनास्थलमै मृत्यु भएको हो । लोकमार्गमा बाटो खन्ने क्रममा माटोमा भासिएर जेसीबी दुर्घटना भएको डीएसपी बस्नेतले बताए । बाँके घर भएका २२ वर्षीय चालक प्रकाश चौधरी भने सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७