महासचिव पोखरेललाई बैठक चलाउन दिएनन् ओलीले : हलभित्र खैलाबैला


२०८३ असोज ५ सोमबार १५:०० बजे

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैले बैठक सञ्चालन गर्न थालेपछि एकछिन बैठकमा खैलाबैला भएको छ। ओलीले बैठक चलाउन थालेपछि नेता कृष्णगोपाल श्रेष्ठले आपत्ति जनाए। 

त्यसपछि ओली र श्रेष्ठबीच चर्काचर्की भएको छ। केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीले सञ्चालन गर्न खोजेपछि श्रेष्ठले आपत्ति जनाएका थिए। एमालेमा केन्द्रीय कमिटी बैठक महासचिवले सञ्चालन गर्ने प्रचलन रहेको भन्दै श्रेष्ठले आसनबाट उठेर ओलीलाई बैठक सञ्चालन नगर्न आग्रह गरेका थिए। 

‘यो काम महासचिवको हो। तपाईंले सञ्चालन गर्न मिल्दैन। विधि–प्रक्रियाअनुसार जानुपर्छ,’ श्रेष्ठले भनेका थिए। श्रेष्ठको आपत्तिपछि ओलीले उनलाई तत्काल नबोल्न आग्रह गरेका थिए। ‘तपाईं बस्नुस्। तपाईं अहिले बोल्न मिल्दैन,’ ओलीले भने।

त्यसपछि श्रेष्ठले ओलीलाई प्रतिवाद गर्दै अझ चर्को रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। ‘तपाईं मलाई रोक्ने को हो? यो पार्टीमा मेरो पनि उत्तिकै योगदान छ। के गर्न सक्नुहुन्छ, गर्नुस्। तपाईंले गर्ने के हो गरे हुन्छ। पार्टी तपाईंको मात्रै हो? यस्तो तरिकाले पार्टी चल्छ? यही तरिकाले पार्टी चलाउला भन्नुभएको छ?’ श्रेष्ठले भने। 

बैठक हलभित्र ओली र श्रेष्ठबीच चर्काचर्की भएपछि त्यहाँ खटिएका स्वयंसेवकहरूले पत्रकारहरूलाई बाहिर पठाएका थिए। घटनापछि केही समय बैठकको वातावरण तनावपूर्ण बनेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७