दिल्लीबाट ईश्वर पोखरेलले ओलीलाई भने : सम्मानजनक रूपमा मार्ग प्रशस्त गर्नुस्
काठमाडौं : नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट सम्मानजनक रूपमा मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। भारतमा श्रीमतीको उपचारमा रहेका पोखरेलले जारी केन्द्रीय कमिटी बैठकलाई पत्र पठाउँदै पार्टी पुनर्गठनका लागि ओलीले सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन्।
पोखरेलले पार्टीको वर्तमान अवस्थाबाट अघि बढ्न नेतृत्व पुनर्गठन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि देशभरका कार्यकर्ताको चाहना र मागअनुसार ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। ‘आजको जटिलतर बन्दै गएको अवस्थामा पुनर्गठन नगरी आम पार्टी पङ्क्ति र आम जनतामा समेत आशा जगाउन सकिन्न, अगाडि बढ्न सकिन्न,’ पोखरेलले पत्रमा भनेका छन्, ‘यसका लागि देशभरिका आम कार्यकर्ताहरूको चाहना र मागबमोजिम तपाईंको सम्मानजनक मार्ग प्रशस्त विशेष महत्त्वपूर्ण हुनेछ।’
उनले ओलीलाई सम्मानका साथ बिदाइ गर्दै विधिसम्मत ढंगबाट नयाँ नेतृत्वमा जानुबाहेक पार्टीमा आशा जगाउने अर्को विकल्प नरहेको उल्लेख गरेका छन्। ‘तपाईंले सम्मानसाथ बिदाइ र विधिसम्मत नयाँ नेतृत्वमा जाने वातावरण निर्माण गर्नु नै अहिले पार्टीमा आशा जगाउने विकल्प हो र हुन सक्छ,’ पोखरेलको पत्रमा उल्लेख छ।
पोखरेलको यो धारणा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनबारे भइरहेको बहसकै बीच आएको हो।
हेर्नूहोस् पूरा पत्रः
.gif)

.png)

