प्रधानमन्त्री बालेन्द्र शाह र कांग्रेस नेताबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र महामन्त्री विश्वप्रकाश शर्मा सहभागी थिए।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहले आवश्यक छलफलका लागि प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई बोलाएका थिए। प्रधानमन्त्री शाह मंगलबार अपराह्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने तयारीमा छन्। भेटमा महासभा सहभागितालगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ।
.gif)

.png)

