काठमाडौंमा आज प्रहरीको निःशुल्क बस
यी रुटमा चल्दैछ प्रहरीको निःशुल्क बस
काठमाडौं : बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँमा सर्वसाधारणको सहज आवागमनका लागि प्रहरीले उपत्यकाका तीनवटा रुटमा बस सञ्चालन गर्न लागेको हो ।
प्रहरीका अनुसार निःशुल्क बस सेवा आज बिहान ८ बजे र दिउँसो ३ः३० बजे गरी दुई सिफ्टमा सञ्चालन हुनेछ ।
यस्ता छन् बस सञ्चालन हुने तीन रुट :
रुट नम्बर १ : नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्साल ।
रुट नम्बर २ : नक्साल, रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक, कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्साल ।
रुट नम्बर ३ : नक्साल, सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगञ्ज हुँदै पुनः नक्साल ।
प्रहरीले दसैँका बेला सार्वजनिक यातायातको चाप र यात्रुको आवागमनलाई सहज बनाउन निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ ।
.gif)

.png)



