आजदेखि दशैंको अग्रिम बस टिकट बुकिङ खुल्यो


२०८३ असोज २३ शुक्रबार ०७:४५ बजे
फाइल फोटो

काठमाडौं : दशैं मनाउन घर जाने यात्रुका लागि सरकारले आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । 

टिकट पाउन सहज होस् भन्ने उद्देश्यले यात्रुहरू गएरातिदेखि नै काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन् ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा भएको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार आजदेखि टिकट बुकिङ सुरु भएको हो ।

केही जिल्लाका यात्रु भने टिकट लिन बिहीबार रातिदेखि नै लाइनमा बसेका थिए ।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने यात्रु बिहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए ।

दशैंको समयमा यात्रुको चाप बढ्ने भएकाले टिकट वितरण व्यवस्थित बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा काउन्टर थप गरेको जनाएको छ ।

साथै, टिकट बुकिङ तथा यात्रुको आवागमनलाई व्यवस्थित गर्न आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको कम्पनीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७