गगन थापाले लिए कांग्रेस सभापतिको शपथ


२०८३ कार्तिक १ शनिबार १५:०५ बजे

काठमाडौं :  नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज असोज ३१ गते शपथ ग्रहण गर्दै पदबहाली गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले थापालाई सभापतिको शपथ गराएका हुन्।

शपथ ग्रहणपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालगायत नेताहरूले थापालाई खादा र माला लगाएर बधाई तथा शुभकामना दिएका थिए।

बडादसैँको फूलपातीका अवसरमा आयोजित कार्यक्रममा शपथ ग्रहणअघि पाँच जना बटुकले स्वस्ति वाचन गरेका थिए। कार्यक्रममा निर्वाचन समितिका सदस्य, नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र अन्य नेताहरूको उपस्थिति थियो।

सभापतिको शपथ लिएसँगै थापाले पार्टीको नेतृत्व सम्हालेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भइसकेको छ भने अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेको छ।

कांग्रेसले केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ भने दसैँपछि गराउने जनाएको छ। महाधिवेशनबाट कांग्रेसको २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७