नक्कली प्रमाणपत्र मुद्दामा नेपाल प्रहरीका एसएसपी दोषी, पाँच हजार जरिवाना

बिहार बोर्डको पत्रपछि एसएसपी गिरी भ्रष्टाचार मुद्दामा दोषी


२०८३ भदौ ४ बिहीबार २१:४४ बजे

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका प्राविधिक एसएसपी लालबाबु गिरी दोषी ठहर भएका छन्। विशेष अदालतले बिहीबार उनलाई दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना सुनाएको हो। न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले गिरीलाई दोषी ठहर गरेको हो।

उनले बिहारमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी गिरीले ०५२ सालमा नेपाल प्रहरीमा सई पदबाट जागिर खाएका थिए। पछिल्लो समय उनी प्रहरी अस्पतालमा एसएसपीका रूपमा कार्यरत थिए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ८ पुसमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो। गिरीले पेस गरेको रोल नम्बर ७१८ को क्रमसंख्या नभेटिएको भन्दै बिहार स्कुल अफ इक्ज्यामिनेसन बोर्ड, पटनाले पत्र लेखेपछि विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७