२०३ नेपाली शान्ति सेना दक्षिण सुडान प्रस्थान
२०३ सेना स्वदेश फर्किए
काठमाडौं : दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली सुरु भएको छ।
नयाँ गोरख गणको १५औँ डफ्फालाई बदली गर्न नारायणदल गणको १६औँ डफ्फाका २०३ जना शान्ति सैनिकको पहिलो टोली बिहीबार दक्षिण सुडानतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
मिसनमा आफ्नो कार्यकाल पूरा गरेका १५औँ डफ्फाका २०३ जना शान्ति सैनिक पनि बिहीबार नै स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा नेपाली सेना लामो समयदेखि तैनाथ हुँदै आएको छ।
नेपाली सेनाका अनुसार हाल दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा १ हजार ६९ जना नेपाली शान्ति सैनिक कार्यरत छन्।
.jpeg)
.gif)

.png)


