१३ औं डफ्फाका २१४ शान्ति सैनिक दक्षिण सुडान प्रस्थान


२०८० भदौ १६ शनिबार ०९:२० बजे

काठमाडौं । नेपाली सेनाको तारादल गण (शान्ति सेना) १३ औं डफ्फाका २१४ जना शान्ति सैनिकहरू दक्षिण सुडानको राष्ट्रसंघीय शान्ति मिसनका लागि प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा बिहीबार राति उनीहरू दक्षिण सुडान प्रस्थान गरेका हुन् । यही विमानमा १३ भदौमा मिसनमा सहभागी शेर गण (शान्ति सेना) १२औं डफ्फाका २१२ जना सैनिकहरू स्वदेश फिर्ता भएका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अफ्रिकी मुलुक दक्षिण सुडानमा तैनाथ मिसनमा नेपाली सेनाका दुई इन्फेन्ट्री बटालियन र एक हाई रेडिनेस कम्पनीमा गरी एक हजार सात सय फौज तैनाथ छन् ।

यसबाहेक दक्षिण सुडानमा एकजना सेक्टर कमान्डर, ४७ जना स्टाफ अधिकृत र १० जना सैनिक पर्यवेक्षकसहित कुल एक हजार सात सय ५८ जना नेपाली सैनिक कार्यरत छन् । दक्षिण सुडान नेपाली सेनाबाट सबैभन्दा धेरै जनशक्ति खटिएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७