तीन महिनामा २८ जनाले त्यागे नेपाली नागरिकता


२०८३ कार्तिक ८ शनिबार १९:०६ बजे

चितवन : चितवनमा पछिल्लो तीन महिनामा २८ जनाले नागरिकता परित्याग गरेका छन्। यसरी नागरिकता त्याग्नेमा १० महिला र १८ पुरुष रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। 

यसैगरी चार जनाको नागरिकता रद्द गरिएको छ। 

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन्। 

यस अवधिमा जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनेमा एक हजार ४१८ महिला र एक हजार ४०६ पुरुष छन्। माडीबाट नागरिकता प्राप्त गर्नेमा १२२ महिला र ११६ पुरुष रहेका छन्।

तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय चितवनबाट १५ महिलाले वैवाहिक अङ्गीकृत नागरिकता र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्। 

अङ्गीकृत नागरिकता लिनेमा सात महिला र चार पुरुष छन्। यसैगरी, ३१ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्। उनीहरूमध्ये नौ महिला र २२ पुरुष छन्।

यस अवधिमा जिल्ला प्रशासन कार्यालय चितवनबाट ६ हजार ११६ र इलाका प्रशासन कार्यालय माडीबाट ६५० नागरिकताको प्रतिलिपि जारी गरिएको छ। 

जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिनेमा दुई हजार ९८७ महिला, तीन हजार १२८ पुरुष र एक अन्य व्यक्ति छन्। माडीबाट प्रतिलिपि लिनेमा ३२३ महिला र ३२७ पुरुष रहेका छन्।

सूचना अधिकारी विकका अनुसार जिल्ला प्रशासन कार्यालय चितवनबाट यस अवधिमा ११ हजार ९९७ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ। सोही अवधिमा चार हजार ३७० वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।

राहदानीका लागि पाँच हजार ८५२ जनाको सिफारिस गरिएको र चार हजार २४३ वटा राहदानी वितरण गरिएको उनले जानकारी दिए।

यसैगरी, ३२६ जनाको नाबालक परिचयपत्रका लागि नयाँ दर्ता गरिएको छ भने ११ वटा प्रतिलिपि जारी गरिएको छ।

कार्यालयबाट ३१६ वटा जातीय प्रमाणित, ३१७ वटा भारतीय पेन्सन सिफारिस, १२५ वटा व्यक्ति प्रमाणित र एक हजार ११४ वटा अन्य सिफारिससम्बन्धी काम भएका छन्।

यता, इलाका प्रशासन कार्यालय माडीबाट असोज मसान्तसम्म एक हजार २५५ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ७४८ वटा परिचयपत्र वितरण गरिएको छ। 

सोही अवधिमा १० जनाको नाबालक परिचयपत्रका लागि नयाँ दर्ता र २३ वटा जातीय प्रमाणितसम्बन्धी काम भएका छन्।

माडीबाट एक महिलाले वैवाहिक अङ्गीकृत नागरिकता र एक जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७