राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्नु नपर्ने
काठमाडौँ : गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र बनाउन प्रारम्भीक विवरण दर्ता गर्नु नपर्ने व्यवस्था लागू गरेको छ।
मन्त्रालयका अनुसार केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआवद्धता भएपछि आवेदन फारामसहित बायोमेट्रिक विवरणका लागि अलग्गै जानुपर्ने अवस्था अन्त्य गरिएको हो।
आइतबार गृहमन्त्री ओम प्रकाश अर्यालले ललितपुर प्रशासन कार्यालयमा नयाँ व्यवस्थाको निरीक्षण गरेका छन्। सो क्रममा मन्त्री अर्यालले समान प्रकृतिका विवरणका लागि फरक–फरक निकायमा फरक फाराम भर्नुपर्ने समस्या क्रमशः अन्त्य गरिने बताए।
उनका अनुसार नयाँ व्यवस्था सेवाग्राहीले विवरण दर्ताको आवेदन फाराम नभरी सहज र नागरिकमैत्री सेवा पाउने उद्देश्य राखिएको हो।
मन्त्री अर्यालले सार्वजनिक सेवाको अन्तरआवद्धताले सुशासन कायम गर्न मद्दत पुग्ने, राज्य कोषमा बचत हुने र दोहोरोपन नियन्त्रण हुने बताए।
साथै, उनले भने कि हाल दैनिक ६ देखि ८ हजार राष्ट्रिय परिचय पत्र तयार भइरहेका छन् र नयाँ व्यवस्थाबाट नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन्।
.gif)

.png)

