ओलीको अपमान सहन नसकेर गुण्डुमै ढलेका जगन्नाथ थपलिया वीर अस्पताल भर्ना


२०८३ श्रावण १९ मंगलबार १८:१३ बजे

काठमाडौं : नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया थप उपचारका लागि मंगलबार वीर अस्पतालमा भर्ना भएका छन्।

पार्टीभित्र संसदीय दलको नेताबाट राजीनामा दिन तीव्र दबाब खेपिरहेका बेला उनी सोमबार साँझ भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आयोजित बैठकका क्रममा अचानक बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए।

घटनापछि उनलाई तत्काल भक्तपुरस्थित ठिमी अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि केही समय आरामका लागि निवास फर्किएका थपलियालाई स्वास्थ्य अवस्थाको थप परीक्षण र उपचारका लागि मंगलबार अपराह्न वीर अस्पताल भर्ना गरिएको हो।

वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार थपलियालाई मंगलबार अपराह्न करिब ४ बजे अस्पतालको शल्यचिकित्सा भवनको तेस्रो तलास्थित क्याबिनमा भर्ना गरिएको छ।

डा. बुढाथोकीका अनुसार हाल थपलियाको रक्तचाप, रगतमा अक्सिजनको मात्रा तथा अन्य सबै जीवनरक्षक सूचकहरू सामान्य अवस्थामा छन्। उनलाई सलाइन चढाएर चिकित्सकहरूको निरन्तर निगरानीमा राखिएको छ।

अस्पतालका अनुसार थपलिया टाइप–२ मधुमेहका बिरामी हुन्। सोही स्वास्थ्य अवस्थालाई समेत ध्यानमा राखेर चिकित्सकहरूले आवश्यक परीक्षण र नियमित निगरानी गरिरहेका छन्।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७