सुनसरी घटनाका थप एक घाइतेको निधन


२०८३ श्रावण १९ मंगलबार १२:०४ बजे

काठमाडौं : सुनसरी घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए।

प्रहरीका अनुसार अर्का एक जना घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ। यसअघि सुनसरीमा दुई जना र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएको थियो।

सुनसरीको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको तथा सिरहामा गणेश यादवको मृत्यु भएको थियो। रवीन्द्रको मृत्युसँगै आन्दोलनमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७