गृहका १०० कर्मचारीको एकैपटक सरुवा, को कहाँ पुगे ?
काठमाडौं : गृह मन्त्रालयले जिल्ला प्रशासन, कारागार र अध्यागमन कार्यालयमा कार्यरत एक सय कर्मचारीको एकैपटक सरुवा गरेको छ।
असोज १२ गते गरिएको सरुवामा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारी छन्। सरुवा हुनेमध्ये अधिकांशलाई एउटै जिल्लाभित्रका अर्को कार्यालयमा खटाइएको छ।
सरुवा विवरणअनुसार जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय र अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू हेरफेर भएका छन्। मन्त्रालयले सरुवा भएका कर्मचारीहरूको साविकको कार्यालय र नयाँ जिम्मेवारीसहितको विवरण सार्वजनिक गरेको छ।



.gif)

.png)


