अध्ययन बिदा लिएर नफर्किने शिक्षक–कर्मचारीबाट साढे १६ करोड असुल


२०८३ असोज १३ मंगलबार ०९:४१ बजे
फाइल फोटो

काठमाडौं : अध्ययन बिदा लिएर विश्वविद्यालयको सेवामा नफर्किएका तथा फर्किएर पनि तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक–कर्मचारीमाथि त्रिभुवन विश्वविद्यालयले रकम असुली अभियान तीव्र बनाएको छ।

हालसम्म ७५ वटा केसबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर भइसकेको त्रिवि रजिस्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ। 

विश्वविद्यालयले अध्ययन बिदाका क्रममा शिक्षक तथा कर्मचारीलाई उपलब्ध गराएको तलब, भत्ता र अन्य सुविधालाई आधार बनाएर नियमअनुसार हर्जानासहित रकम असुल गरिरहेको जनाएको छ। 

सेवामा नफर्किने वा अनिवार्य सेवा अवधि पूरा नगर्नेहरूबाट विश्वविद्यालयले यस्तो रकम फिर्ता लिन थालेको हो।

त्रिविले अब थप केसको अभिलेख खोजी र हिसाब–किताब तयार गर्ने कामलाई अघि बढाएको छ। हालसम्म हिसाब तयार भएका थप केसमा करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको विश्वविद्यालयले जनाएको छ।

सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख अध्ययन गरी विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम यकिन गर्ने काम भइरहेको छ। त्यसपछि सम्बन्धित व्यक्तिबाट रकम असुल गर्ने प्रक्रिया अघि बढाइनेछ।

त्रिविले अध्ययन बिदापछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई पुस मसान्तभित्र रजिस्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७