कांग्रेसको १५औँ महाधिवेशन सार्ने तयारी
काठमाडौं : नेपाली कांग्रेसले प्रतिकूल मौसमका कारण १५औँ महाधिवेशनको निर्धारित मिति केही दिन सार्ने तयारी गरेको छ। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो।
तर पछिल्लो समयको प्रतिकूल मौसमका कारण महाधिवेशनअन्तर्गतका पालिका तथा क्षेत्रीय अधिवेशन प्रभावित भएपछि केन्द्रीय महाधिवेशनसमेत केही दिन पछि सार्ने तयारी भएको स्रोतले जनाएको छ।
महाधिवेशनको तयारीअन्तर्गत कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरेको थियो। विभिन्न तहका अधिवेशन प्रभावित भएपछि निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन सम्पन्न गर्न कठिनाइ हुने देखिएको स्रोतको भनाइ छ।
मिति सार्ने विषयमा पार्टीभित्र छलफल भइरहेको र केही दिनभित्र नयाँ कार्यतालिकाबारे निर्णय हुन सक्ने जनाइएको छ।
.gif)

.png)


