कालीगण्डकीको बाढीले मालढुङ्गा पुलमा क्षति, यातायात प्रभावित


२०८३ असोज १३ मंगलबार ०७:५७ बजे

बागलुङ : कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पिल्लरमा क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ।

कालीगण्डकी नदीको धार परिवर्तन हुँदा बाढीले पुलको पिल्लर आसपासको जमिन कटान गरेपछि पुलमा थप क्षति पुगेको हो। करिब एक महिनाअघिदेखि नै नदीको कटानका कारण पुल जोखिममा परेको थियो। पुलको छेउको जमिन कटान भएपछि जोखिमयुक्त क्षेत्रमा त्रिपालसमेत लगाइएको थियो।

तर पछिल्लो बाढीले पुलको संरचनामै क्षति पुर्‍याएपछि असोज १० गतेदेखि पुलबाट आवतजावत पूर्ण रूपमा रोकिएको छ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने मालढुङ्गा पुल क्षतिग्रस्त भएपछि दैनिक यस मार्ग हुँदै आवतजावत गर्ने हजारौँ यात्रु प्रभावित भएका छन्।

मालढुङ्गा हुँदै बागलुङसँगै म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यान लगायत पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने सवारीसाधनसमेत प्रभावित भएका छन्।

कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको प्राकृतिक धार परिवर्तन हुँदा पुल आसपास कटान बढेको स्थानीयले बताएका छन्। पुलमा क्षति पुगेपछि उक्त मार्गबाट हुने नियमित यातायात सञ्चालनमा समेत अनिश्चितता देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७