१८ वर्षीया नर्स बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि
काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनबाट १८ वर्षीया नर्स सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छन्। कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्। उनी स्वास्थ्य क्षेत्रमा कार्यरत छिन् भने स्थानीय राजनीतिमा पनि सक्रिय रहँदै आएकी छन्।
कांग्रेसको संशोधित विधानले नयाँ पुस्तालाई प्राथमिकता दिने व्यवस्था गरेसँगै सुवेदीजस्ता युवाको पार्टीको स्थानीय तहको राजनीतिमा सहभागिता बढेको देखिएको छ। नेपाली कांग्रेसको वडा अधिवेशन शनिबारदेखि सुरु भएको हो। शनिबार ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको थियो भने बाँकी जिल्लामा आइतबार अधिवेशन जारी छ।
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।
.gif)

.png)

