अमेरिका, दक्षिण कोरिया र जापानको सैन्य अभ्यासपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार


२०८३ असोज ४ आइतबार १८:३५ बजे

काठमाडौं । अमेरिका, दक्षिण कोरिया र जापानबीच सैन्य अभ्यास सम्पन्न भएको केही दिनपछि उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको आशंका गरिएको छ।

जापानको प्रधानमन्त्री कार्यालयले आइतबार उत्तर कोरियाले संदिग्ध ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको भन्दै आपत्कालीन सूचना जारी गरेको हो। जापानी अधिकारीहरूले घटनाबारे थप सूचना संकलन गर्न, परिस्थितिको निगरानी गर्न तथा आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले पूर्वी तटीय क्षेत्र वोनसानबाट करिब ४५० किलोमिटर उड्ने छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। पछि अर्को प्रक्षेपणसमेत भएको दक्षिण कोरियाली सेनाले जनाएको छ।

क्षेप्यास्त्र समुद्रतर्फ प्रहार गरिएको र जापानको क्षेत्रीय जलक्षेत्रमा नखसेको जापानी रक्षा मन्त्रालयले जनाएको छ। यसअघि अमेरिका, दक्षिण कोरिया र जापानबीच सैन्य अभ्यास भएको थियो। उत्तर कोरियाले यस्ता अमेरिकी नेतृत्वका सैन्य अभ्यासको विरोध गर्दै आएको छ। पछिल्लो क्षेप्यास्त्र प्रहार पनि सोही पृष्ठभूमिमा भएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७