पार्टी, संसद् र सरकारबीचको सम्बन्ध बलियो बनाउनुपर्छ : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाएर अघि बढ्नुपर्ने बताएका छन्। आइतबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले तीनवटै पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन्।
बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले लामिछानेले पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले त्यसलाई थप बलियो बनाएर अघि बढ्न निर्देशन दिएको जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीका नेता, सांसद तथा समर्थकको अनुशासनका विषयमा समेत सभापति लामिछानेले निर्देशनात्मक धारणा राखेका थिए।
बैठकमा पार्टीको संगठनात्मक गतिविधि तथा पार्टी र राज्यका विभिन्न संरचनाबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
.gif)

.png)

