सप्तरीबाट १ हजार ४ सय किलो गाँजा बरामद
राजविराज : सप्तरीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले १ हजार ४ सय किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। डाक्नेश्वरी नगरपालिका–६ स्थित कटैया गाउँमा गएराति करिब पौने १ बजे भोला सदाको घर खानतलासी गर्दा गाँजा बरामद भएको हो।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले सदाको घरमा खानतलासी गरेको थियो। त्यस क्रममा ५६ वटा बोरामा प्याक गरिएको अवस्थामा करिब १ हजार ४ सय किलो गाँजा बरामद भएको सप्तरी प्रहरीले जनाएको छ। गाँजासहित सदालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा लगिएको छ।
सीमावर्ती क्षेत्र भएकाले बरामद गाँजा भारततर्फ निकासी गर्न लागिएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
.gif)

.png)

