हेरोइन, ब्राउनसुगर, गाँजा र ट्रामाडोल बरामद, २५ जना पक्राउ


२०८३ भदौ ९ मंगलबार १४:१८ बजे

काठमाडौं : प्रहरीले काठमाडौंसहित देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २५ जनालाई पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ सय ४८ ग्राम ९ सय ५० मिलिग्राम, डिजिटल तराजु र ९० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।

यस्तै, कुमारीगाल, पिङ्गलास्थान र तिनकुनेबाट थप लागूऔषधसहित १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुनसरीको बराहक्षेत्रबाट ट्रामाडोल २१० र नाइट्रोसन ५० ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन्। महोत्तरीको सोनमाबाट करिब २१ किलो १० ग्राम गाँजाजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन्। थप अनुसन्धानका क्रममा उनीहरूमध्ये एक जनाको डेरा कोठाबाट थप १० किलो ३ सय ७५ ग्राम पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी जाजरकोटबाट ब्राउनसुगरजस्तो पदार्थ र नगदसहित दुई जना, झापाबाट ३ सय मिलिग्राम ब्राउनसुगरसहित एक जना तथा तनहुँबाट २ सय ट्याबलेट टापेन्टाडोलसहित एक जना पक्राउ परेका छन्। यस्तै, दाङबाट ६ सय ४० मिलिग्राम, मोरङबाट १ सय २० मिलिग्राम र सुर्खेतबाट ८ सय मिलिग्राम ब्राउनसुगर तथा खैरो हेरोइनजस्तो पदार्थसहित एक–एक जना पक्राउ परेका छन्। रूपन्देहीबाट करिब ५ ग्राम ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७