लागूऔषधसहित १४ जना पक्राउ
देशभर प्रहरीको सक्रियता
काठमाडौँ: लागूऔषध ओसारपसार र बिक्री वितरणविरुद्ध आक्रामक बनेको प्रहरीले नियमित गस्तीका क्रममा देशका विभिन्न स्थानबाट १४ जनालाई नियन्त्रणमा लिएका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर, बाँके, मोरङ, चितवनसहित ८ जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ललितपुर र बाँकेबाट ३/३ जना, मोरङ र चितवनबाट २/२ जना तथा कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट १/१ जना पक्राउ परेका हुन्। लागूऔषध ब्युरोबाट परिचालित टोलीले विशेष सुराकी र नियमित जाँचका क्रममा उनीहरूलाई समातेका थिए।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले खैरो हिरोइन र गाँजाका साथै चिकित्सकको सिफारिस बिना बिक्री गर्न नपाइने नियन्त्रित औषधिहरू बरामद गरेका छन्। बरामद गरिएका औषधिहरूमा डाइक्लोमाइन, नाइट्राभेट, ट्रामाडोल र एलएसडी रहेका छन्। पक्राउ परेका सबैमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाए।
.gif)

.png)

