९० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय महिला पक्राउ
विराटनगर : विराटनगर महानगरपालिका–१७ बाट प्रहरीले ९० ग्राम ८५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको जोगबनी बस्ने २५ वर्षीया लिजा खातुन र ४० वर्षीया जुली खातुन रहेका छन्।
अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.gif)

.png)

