बिक्री गर्न नमिल्ने जग्गा बेच्ने भन्दै ५ करोड ४० लाख ठगी, ७० वर्षीय वैद्य पक्राउ
काठमाडौं : ठगी मुद्दामा फरार रहेका ७० वर्षीय किरण वैद्य पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–३ का वैद्यलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१, नक्सालबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार भक्तपुरको साविक ताथली गाविस–६ (हाल चाँगुनारायण नगरपालिका–२) स्थित कित्ता नम्बर २७ लगायत ४८ कित्ता जग्गा हदबन्दी कायम भई बिक्री–वितरण गर्न नमिल्ने अवस्थाको जानकारी हुँदाहुँदै बिक्री गर्ने भन्दै वैद्यले बैना कागज गरी रकम लिएका थिए। उनले बैना बापत ५ करोड ४० लाख ९६ हजार ९ सय ४० रुपैयाँ लिएको प्रहरीको दाबी छ।
उक्त घटनासम्बन्धी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि वैद्य फरार रहेका थिए। पक्राउ परेका वैद्यविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.gif)

.png)

