गोर्खाज फाइनान्सले विद्युतीय तथा व्यावसायिक सवारी खरिदमा कर्जा दिने


२०८३ असोज १ बिहीबार १८:३४ बजे

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेड र हिमालय अर्गनाइजेसनबीच व्यावसायिक तथा विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकलाई वित्तीय सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।
समझदारीअनुसार हिमालय अर्गनाइजेसन तथा यससँग आबद्ध कम्पनीबाट व्यावसायिक र विद्युतीय सवारी खरिद गर्ने ग्राहकलाई गोर्खाज फाइनान्सका देशभरका शाखामार्फत खुद्रा तथा व्यावसायिक कर्जा सुविधा उपलब्ध गराइनेछ।

हिमालय अर्गनाइजेसनले आध्यान इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरक्स प्रालि तथा आबद्ध संस्थाको प्रतिनिधित्व गरेको जनाएको छ। अर्गनाइजेसनले नेपालमा डोङफेङ इलेक्ट्रिक कमर्सियल भेहिकल्स, गोल्डेन ड्रागन कमर्सियल भेहिकल्स, एसएआईसी म्याक्सस पिकअप्स, हुबेई ट्राइ–रिङ मोटर्स र फोर्स मोटर्सलगायतका व्यावसायिक विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधनको कारोबार गर्दै आएको छ।

दुई संस्थाबीचको सहकार्यले सहज र प्रतिस्पर्धी वित्तीय सुविधामार्फत व्यावसायिक सवारी खरिदमा ग्राहकको पहुँच विस्तार गर्नुका साथै हरित वित्तीय पोर्टफोलियो विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समझदारीपत्रमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ र हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७