बाढी प्रभावित कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन ३० दिन थप
काठमाडौं : रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई थप ३० दिनको म्याद दिइएको छ। राष्ट्रिय किताबखानाले सूचना जारी गर्दै विपद्का कारण प्रभावित क्षेत्रमा कार्यरत निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकलाई सम्पत्ति विवरण पेश गर्न म्याद थप गरिएको जनाएको हो।
सरकारले २०८३ भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। सो क्षेत्रमा कार्यरत रही राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी दायित्व भएका तर विपद्का कारण निर्धारित समयमा विवरण बुझाउन नसकेका कर्मचारीलाई लक्षित गरी म्याद थप गरिएको किताबखानाले जनाएको छ।
थप गरिएको म्यादभित्र विवरण पेश गर्दा निर्धारित समयमा विवरण बुझाउन नसकेको कारण खुलाइएको सम्बन्धित कार्यालय प्रमुखबाट जारी आधिकारिक सिफारिसपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। किताबखानाले प्रभावित कर्मचारीलाई थप गरिएको समयभित्रै आवश्यक कागजातसहित सम्पत्ति विवरण पेश गर्न अनुरोध गरेको छ।
हेर्नूहोस् सूचनाः

.gif)

.png)

