विश्वकर्मा पूजाको दिन देशभर १५० टाटा गाडीको डेलिभरी
काठमाडौँ : विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एकै दिन देशभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ।
नेपाली समाजमा विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजा गर्ने विशेष दिनका रूपमा स्थापित छ। यही अवसरलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभर रहेका आफ्ना २२ वटा बिक्री केन्द्रमार्फत ग्राहकलाई १५० वटा टाटा गाडी हस्तान्तरण गरेको जनाएको छ।
विश्वकर्मा पूजाका दिन हस्तान्तरण गरिएका गाडीमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय सवारीसाधन टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी र कर्भ ईभीलगायतका मोडल छन्। यससँगै पेट्रोल तथा डिजेलबाट चल्ने विभिन्न मोडलका गाडीसमेत ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
सिप्रदीका अनुसार तीमध्ये अधिकांश गाडी यस वर्ष आयोजना भएका नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शोका क्रममा ग्राहकले बुकिङ गरेका थिए। ती प्रदर्शनीका क्रममा प्राप्त बुकिङ तथा ग्राहकको मागअनुसार प्रक्रिया पूरा भएका गाडी विश्वकर्मा पूजाको शुभ अवसर पारेर हस्तान्तरण गरिएको कम्पनीको भनाइ छ।
नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण निरन्तर बढिरहेको अवस्थामा टाटाका नयाँ पुस्ताका विद्युतीय गाडीको हस्तान्तरणले बजारमा थप उत्साह सिर्जना गरेको सिप्रदीले जनाएको छ। विशेषगरी टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी र कर्भ ईभीप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीको दाबी छ।
विश्वकर्मा पूजाको शुभ अवसरमा एकै दिन देशभर ठूलो संख्यामा टाटा गाडी ग्राहकलाई हस्तान्तरण हुनु नेपाली बजारमा टाटा मोटर्सप्रति ग्राहकको निरन्तर विश्वास र रुचिको संकेत भएको कम्पनीले जनाएको छ।
सिप्रदी ट्रेडिङले ग्राहकको आवश्यकता र बजारको मागलाई ध्यानमा राख्दै टाटा मोटर्सका नयाँ तथा प्रविधियुक्त सवारीसाधन नेपाली बजारमा निरन्तर भित्र्याउँदै जाने जनाएको छ।
.gif)

.png)

