दशैंमा टाटा मोटर्सको ७५१ गाडी डेलिभरी


२०८१ कार्तिक १ बिहीबार ०९:१६ बजे

काठमाडौं  । यो दशैंमा टाटाको पन्च इभि, टियागो इभि, टिगोर इभि, एक्प्रेस–टि र आइस गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ । यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च इभिको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ । 

सुरुवाती मूल्य  ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्चइभिमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले जानकारी दिए । सिजापतिको अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च इभिले नेपालमा राम्रो बजार लिइरहेको छ ।

टाटाको पन्चइभिको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो इभि बजेट सेग्मेंटको सर्वाधिक बिक्री भएको मोडल हो ।  यो दशैंमा पनि टियागो इभिको १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।  विशेष गरी महिलाहरू र पहिलो गाडी लिन खोजेका ग्राहकहरूको पहिलो रोजाइमा पर्न सफल भएको टियागो इभिको पनि यो दशैंमा उत्साहजनक रुपमा डेलिभरी भएको छ । साथै टाटाको टिगोर इभिको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।

यो दशैंमा एक्प्रेस–टिको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टिको १५६ डेलिभरी भएसँगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कारहरू डेलिभरी गरेको छ । यसको साथै दशैंको अवसरमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दशैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेसनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ ।

साथै टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरूबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ । बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुई वटा सर्भिस सेन्टरहरू खुल्ला हुने छन् । जसमा प्यासेन्जर तथा ट्याक्सीहरू सर्भिसिङ्ग तथा चार्जिङ्गको व्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरूमार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७