तमू (गुरुङ) सञ्चारकर्मी संघको अध्यक्षमा चित्र सोल्टी, महासचिवमा केशव गुरुङ
कास्की : तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ निर्वाचित भएका छन्। कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा शनिबार सम्पन्न संघको छैटौँ राष्ट्रिय महाधिवेशनले गुरुङको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरूको साझा संस्थाको महाधिवेशनबाट उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा केशब गुरुङ, सचिवमा दानबहादुर गुरुङ र कोषाध्यक्षमा रत्ना गुरुङ निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा बिबर गुरुङ, किरण गुरुङ, रामबहादुर गुरुङ र बेदबहादुर गुरुङ (विवेक) निर्वाचित भएका छन्।
.gif)

.png)

