रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

विपद् व्यवस्थापन र राजनीतिक संयन्त्रबारे छलफल गरिने


२०८३ भदौ ३१ बुधबार ०७:१८ बजे
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषय मुख्य रूपमा छलफल हुनेछ। विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई बैठकमा बोलाइएको जनाइएको छ। पछिल्लो समय भोटेकोशी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत, पुनर्स्थापना तथा विपद् व्यवस्थापनका काममा राजनीतिक दलहरूबीच समन्वय आवश्यक रहेको भन्दै उच्चस्तरीय संयन्त्र गठनको विषय अघि बढेको हो।

लामिछानेले यसअघि पनि विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सर्वदलीय वा संसदीय संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसपछि दलहरूबीच संयन्त्र गठन गर्ने विषयमा छलफल भए पनि केन्द्रमा यसको स्वरूप र कार्यादेश टुंगो लाग्न सकेको थिएन।

यसअघि भएको सर्वदलीय छलफलमा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्ने संयन्त्रको आवश्यकता औंल्याइएको थियो। बुधबारको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रको संरचना, भूमिका, कार्यक्षेत्र तथा सरकारसँगको समन्वय लगायतका विषयमा छलफल हुने बताइएको छ। 

साथै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा राजनीतिक दलहरूबीच आवश्यक समन्वय र साझा धारणा बनाउने विषयसमेत बैठकको एजेन्डामा रहेको प्रवक्ता खरेलले बताएका छन्। विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका काम जारी रहेका बेला राजनीतिक दलहरूबीचको समन्वयलाई संस्थागत गर्ने विषयमा सर्वदलीय बैठकलाई महत्त्वका साथ हेरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७