सर्वदलीय बैठकको निष्कर्षः भोटेकोशी बाढीमा नेपालको दोष छैन, अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्छ


२०८३ भदौ १६ मंगलबार १७:४८ बजे

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकले विपद्को समयमा राजनीतिक विभाजनभन्दा माथि उठेर सबै दल एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालले भोगिरहेको विपत्ति कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्रहरूको गतिविधिको परिणाम भएको दाबी गर्दै क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चमा दाबी गर्नुपर्ने बताए।

‘हामीले अन्तर्राष्ट्रिय अदालत, अन्तर्राष्ट्रिय समुदाय वा संयुक्त राष्ट्रसंघमा क्षतिपूर्तिको मागसहित जानुपर्छ,’ उनले भने, ‘संसद्बाट निर्णय गराएर नेपालले आफ्नो हकदाबी गर्नुपर्छ।’ बैठकमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत वितरण, सुरुङमा फसेका कामदार तथा कर्मचारीको खोज तथा उद्धारलगायत विषयमा छलफल भएको शाहीले जानकारी दिए। उनले संकटको समयमा सरकारलाई साथ दिँदै विपद् व्यवस्थापनमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताए। साथै संघीय सरकारले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७