भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४ सय ३६ पुग्यो


२०८३ असोज ४ आइतबार १३:३० बजे
फाइल फोटो

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ३६ पुगेको छ। प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट १ हजार ४ सय ३४ जनाको शव फेला परेको छ। यसैगरी, बाढीमा घाइते भई काठमाडौँमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ।

फेला परेका शवमध्ये रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ९२ वटा शवको सुरक्षित व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका १ हजार ३ सय ६२ शवको विवरण सर्वसाधारणको जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ।

४ हजार ६ सय ५५ जना अझै बेपत्ता

बाढीमा परी बेपत्ता भएका ४ हजार ६ सय ५५ जनाको खोजी कार्य अझै जारी रहेको छ। प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ। बाढीका कारण विस्थापित भएका १ हजार ३ सय ७२ जनालाई विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा राखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७