भरत दाहाल पक्राउबारे मनिषा कोइरालाको प्रश्न : ह्वाट्स गोइङ अन ?


२०८३ असोज ४ आइतबार १८:३३ बजे

काठमाडौं : राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ परेपछि उनको पक्राउलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ। यसैबीच अभिनेत्री मनीषा कोइरालाले पनि दाहाल पक्राउसम्बन्धी समाचार सामाजिक सञ्जालमा शेयर गर्दै प्रश्न गरेकी छन्– ‘ह्वाट्स गोइङ अन ?’

कोइरालाले दाहाल पक्राउसम्बन्धी समाचारको लिंक शेयर गर्दै अंग्रेजीमा ‘What’s going on?’ लेखेकी हुन्। उनले दाहाल पक्राउसँग सम्बन्धित अन्य केही समाचारका लिंकसमेत शेयर गरेकी छन्। 

कोइरालाले आफ्नो पोस्टमार्फत दाहालको पक्राउको समर्थन वा विरोधमा स्पष्ट धारणा भने सार्वजनिक गरेकी छैनन्। उनको पोस्टमा राखिएको छोटो प्रश्नले पक्राउबारे उनको चासो देखाएको मात्र बुझिन्छ। राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष दाहाललाई आइतबार बिहान मोरङको बेलबारी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। मोरङ प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि साइबर ब्युरोको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको जनाएको छ।

प्रहरीका अनुसार दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन। उनलाई थप अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी गरिएको छ। यद्यपि, उनलाई कुन विशिष्ट अभिव्यक्ति वा कसुरसँग सम्बन्धित उजुरीका आधारमा पक्राउ गरिएको हो भन्ने विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

दाहाल पक्राउको विषयमा उनका सहकर्मीहरूले भने राजनीतिक विचार तथा शासन व्यवस्थामाथि प्रश्न उठाउने आवाजमाथि धरपकड भएको दाबी गरेका छन्। प्रहरीले भने पक्राउको कानुनी प्रक्रियाबारे जानकारी दिए पनि आरोपको विस्तृत विवरण सार्वजनिक गरेको छैन। मनीषा कोइरालाको पोस्टमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया जनाएका छन्। केहीले उनको प्रश्नलाई पक्राउबारे चासोका रूपमा लिएका छन् भने केहीले अनुसन्धानको कानुनी प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७